शृषा कुँवरको ‘जानी नजानी’

गायक विधान कालीकोटेको स्वर रहेको गीत ‘जानी नजानी’  सार्वजनिक भएको छ। गीतमा राजेन्द्र गौतमको शब्द तथा तुला पर्वतको संगीत रहेको छ । भिडियोमा गायिका तथा मोडल शृषा कुँवर तथा मोडल विनोद न्यौपाने फिचर्ड छन् । तुलाको निर्देशनमा तयार भएको यो भिडियोमा निशान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।