पुष्पनको स्वरमा समर लभको ‘साया’

सुबिन भट्टराई द्वारा लिखित उपन्यास ‘समर लभ’मा आधारित भै निर्माण गरिएको फिल्म ‘समर लभ’ को पहिलो गीत सार्वजनिक भनेको छ । सार्वजनिक ‘साया’ गीतमा मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत रहेको छ ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा लगायतको अभिनय रहेको छ  । सुबिनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविनले नै काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । फिल्म ‘समर लभ’ प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।