अनु यादमा डुब्दा सविनलाई पिर

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहलाई प्रेम बल्ल लागेको छ । प्रेममा परेदेखि समाचार आउँदा उनीहरुलाई त्यो स्विकार गर्न कठिन भयो । तर, जब खै के मुड चलेर स्विकार गरे, त्यसपछि भने प्रेम देखाउनमा नै ठिक्क छ ।

सविन र अनुका लागि अहिले फिल्ममा त्यती काम छैन । उनीहरु फुर्सदिला छन् । दुबैजनालाई दर्शकले रुचाएको पाइएन । यही भएर पनि उनीहरुले प्रेम र रोमान्स गर्ने मौका पाएका छन् ।

अनु र सविनले कोर्ट म्यारिज गरिसकेको भन्ने खबर पनि आएको छ । दुबै जनाले यो कुराको खुलेरै खण्डन गरे । तर, अनु र सविनको प्रेम हेर्दा त्यो खबर पत्याउने जमात बढ्न थालेको छ ।

अभिनेता सविनले अभिनेत्री अनुको एउटा तस्बिर सार्वजनिक गरे । जहाँ अनु कतै टोलाएकी छिन् । अनु टोलाउँदा सविनलाई छटपटी भयो । उनले अनु जी कसैको यादमा भनेर क्याप्सन लेख्न पनि भ्याए ।

अनुले यतिबेला कसको याद गर्लिन् र ? सविन बाहेक अरुको याद गर्नुपर्ने अनुलाई परेको होला र ? कि अनु टोलाउँदा पनि सविनलाई छटपटी हुन्छ ।