अनमोल र सुहानाको जोडी कती सुहायो ? (फोटो फिचर)

चैत्र २९ देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’को मनाङमा भएको गीत छायाङ्कनका केही तस्बिर निर्माण यूनिटले मंगलवार सार्वजनिक गरेका छन् । मनाङको रमणिय ठाउँहरुमा खिचिएको गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र अभिनेता अनमोल केसी र डेब्यु नायिका सुहाना थापालाई देख्न सकिन्छ । तस्बिरमा उनिहरु एक अर्कासँग निकै खुलेका छन् ।

झरना थापाको निर्देशनमा सुनिल कुमार थापाको निर्माण रहेको फिल्म ए मेरो हजुर ३मा अनमोल र सुहानाको अलावा अर्पण थापा, सलोन बस्नेत लगायतको समेत मुख्य भूमिका रहेको छ । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको छ । करिब ८० प्रतिशत छायाङ्कन सकिएको फिल्ममा म्युजिकल लभ स्टोरी समेटिएको छ ।