दौरा सुरुवालमा हलिउड अभिनेता मोर्गन

हलिउड अभिनेता मोर्गन फ्रिम्यान ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि नेपाल आएका छन् । उनी काठमाण्डौका विभिन्न धार्मिक सांस्कृतिक सम्पदाहरुको भ्रमणको क्रममा छन् । भ्रमण गर्ने कर्ममा उनी नेपाली पोशाक दौरा सुरुवालमा ठाटिएको तस्विर सार्वजनिक भएको छ । नेपालीहरुले नै आफ्नो पोशाक बिर्सदै गरेको अवस्थामा मोर्गनको दौरा सुरुवाल मोहले उनको नेपाल र नेपाली प्रतिको श्रद्धा भाव झल्काएको छ ।

मोर्गनले नेपाल बसाइको क्रममा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । ओस्कार अवार्ड विजेता समेत रहेका फ्रिम्यानले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । ८१ वर्षीय यी अभिनेताले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जोग्राफी च्यानल मार्फत प्रशारण गरिने छ ।