फिल्म ‘गीत गजल’ प्याकअप

फिल्म ‘गीत गजल’को छायाँकन सकिएको छ । निर्देशक नितिन चंन्दका अनुसार फिल्मको एउटा गीतको छायाँकन बाँकी राख्दै सम्पुर्ण सुटिङ सकिएको छ । यहि फिल्म मार्फत नेपाली फिल्मी क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् ।

फिल्ममा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्मको कथा,पटकथा तथा संवाद अस्मीत पोखरेलको रहेको छ । मुख्य सहायक निर्देशक सुदीप कुँवर रहेको फिल्मको छायांकन बाबु श्रेष्ठको रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत,  कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।