‘छक्का पन्जा ३’को ५१ औं दिने सक्सेस पार्टी (फोटो सहित)

- मेराेफिल्म

प्रदर्शनीको ५१ औं दिन मनाएको अवसरमा फिल्म ‘छक्का पञ्जा ३’ ले एक कार्यक्रमको आयोजना गर्दै कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

मंगलबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो । मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, छविराज ओझा, करिश्मा मानन्धर, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत दर्जनौ चलचित्रकर्मीले निर्माण टिमलाई ५१ औं दिने सफलताका लागि बधाई दिएका थिए ।

कार्यक्रममा निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ ले ५१ औं दिन मनाउनु ठूलो सफलता रहेको बताइन् । उनी पनि फिल्मले हासिल गरेको सफलता टिमको मात्र नभइ नेपाली फिल्म क्षेत्रकै रहेको बताउँछिन् । फिल्मको सफलताको जस उनी दर्शक र मिडियालाई दिन चाहन्छिन् ।

दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको फिल्मले १३ वटा हलमा ५१ दिन मनाउन सफल भएको हो । दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

२०७५ मंसिर १९ गते १३:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *