डिजराज पौड्यालको ‘फुलबुट्टे साडीमा’

डिजराज पौड्यालको नयाँ गीत फुलबुट्टे साडीमा सार्वजनिक भएको छ । रमाइलो शैलीको यो गीतमा उनको आफ्नै शब्द र संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

समन अधिकारी निर्देशित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ सन्तोष अधिकारी र स्वयम् डिजराज फिचर्ड छन् । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ । भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।