केकीको डरले ऋचाले हेरिनन् ‘प्रसाद’

भोलीदेखि प्रदर्शन हुने ‘प्रसाद’ फिल्मको भव्य रेड कार्पेटमा सेलिब्रेटीको उपस्थिती कम देखिएको थियो । यसका निर्देशक, निर्माता, अभिनेत्रीले नजिकका सेलिव्रेटीलाई निम्तो गरेका थिए । तर, नेपाली फिल्मका कलाकार कहाँ जाने र कहाँ नजाने भन्ने भेउ पाउन सक्दैनन् ।

फिल्म प्रसादको टिम बाहिरका अभिनेत्री ऋचा शर्मा, कलाकार दिपकराज गिरी, केदार घिमिरे लगायतले ग्राण्ड प्रिमियरमा सरिक भए । तर, फिल्म हलमा पुगेर, रेड कार्पेटमा फोटो खिचाएर पनि अभिनेत्री ऋचा शर्माले फिल्म हेर्ने फुर्सद पाइनन् । उनले फिल्म नहेर्नुको कारण उनलाई हतार भएर भने होइन ।

ऋचा र अभिनेत्री केकी अधिकारीले शनिबार प्रसाद हेर्ने तयारी गरेका छन् । केकी अधिकारी प्रिमियरमा आइनन् । यसैले ऋचाले फिल्म हेर्न पाइनन् । उनले केकी अधिकारी रिसाउँछिन्, हामीले शनिबार हेर्ने योजना बनाएका छौ भन्दै बाहिर निस्किइन् ।

ऋचा शर्मालाई केकीले फिल्म किन हेरेकी, शनिबार हेर्ने भनेको होइन भन्छिन् भन्ने डर रहेछ । यसैले उनले केकीको मन राख्न फिल्म हेरिनन् । प्रसाद हेरेर निस्किएका अरु सबैले यसको प्रशंसा गरेका छन् ।