भिमफेदी गाईज र अलिशाको ‘झ्याप्पै तिमीलाई’

गायक फुर्वा तामाङ र लक्ष्मी स्याङ्तानको आवाजमा रहेको ‘झ्याप्पै तिमीलाई’ गीत सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा संगीतकार गिरीकै संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा डान्स ग्रुप भिमफेदी गाइज र अलिशा राईलाई प्रस्तुत गरिएको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका छन् ।