बेहुली बनिन् मिरुना मगर (भिडियो)

गायक राजेश पायल राईको गीत ‘रङ्गियो रे सिउँदो’ सार्वजनिक भएको छ । सर्जुन राईको संगीत रहेको गीतमा राजेन्द्र राईको शब्द रहेको छ भने एरेन्ज मानसी किरणले गरेका हुन् ।

भिडियोको निर्देशन पनि सर्जुन कै रहेको छ । उक्त म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन् भने ड्रोन अविनाश मानन्धरले चलाएका छन् । भिडियोमा मिरुना मगर, रुपेश चाम्लिङ राई र बिश्व लिम्बु फिचर्ड छन् ।