समाज सेवामा गायिका अन्जु पन्त

अन्जु पन्त फाउन्डेसन मार्फत गायिका अन्जु पन्त सामाजिक कार्यमा सक्रिय बनेकी छन् । विगत डेढ बर्ष अघिबाट सञ्चालनमा आएको फाउन्डेसनले विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा र गरिव तथा असहायहरुलाई सहयोग गरिरहेको छ।

सहयोग अन्तर्गत फाउन्डेसनले आइतवार वीरगन्ज करागार समता स्कुलका १ सय वालवालिकालाई झोला, कापी, पेन्सील, इरेजर लगायतका सामाग्री वितरण गरेको छ । त्यस्तै सोमवार पर्सा जिल्लाको महुवन रामनगरीया अपांग आश्रमका २० अपांगहरुलाई न्योनो कपडा (सिरक, व्ल्याङ्केट) लगायतका सामाग्री वितरण गरेको छ । जाडो बढेसंगै तराईमा अत्याधिक चिसो हुनुका साथै सितलहरले ज्यानै जान सक्ने हुनाले फाउन्डेसनले सके जति असहायहरुलाई सहयोग गरेको फाउन्डेसन सञ्चालक तथा गायिका अन्जु पन्तले जानकारी दिइन् । फाउन्डेसनको यसै साता सर्लाही, मकवानपूर, ललितपूर, डोटी लगायतका स्थानमा पनि बृद्ध, वालवालिका तथा गरिवहरुलाई न्यानो कपडा र विभिन्न सामाग्रीहरु सहयोग गर्ने कार्यक्रम रहेको छ ।