सारिका घिमिरेको ‘रातो गलबन्दी’

टंक बुढाथोकी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘रातो गल्बन्दी’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द,  टंकको सङ्गीत रहेको गीतमा संगीत संयोजन समेत बुढाथोकी कै रहेको छ ।

सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफि रहेको गीतको भिडियोमा सुनिल, अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचर्ड छन् । भिडियो बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको छ ।