रीमा गुरुङ होडाको ‘आँखाका’ (भिडियो)

रीमा गुरुङ होडाको आवाजमा ‘आंखाका जोर’ गीत सार्वजनिक भएको छ । गीतमा संगीत प्रकाश गुरुङको रहेको छ भने राजेन्द्र थापाको शब्द रहेको छ । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन तथा सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेकी छन् ।