बिष्णु माझीको ‘मानसिक रोगी’

कमल सरगमको शब्द तथा संगीतमा ‘मानसिक रोगी’  गीत सार्वजनिक भएको छ । गीतमा शिव कार्कि र विष्णु माझीको स्वर रहेको छ । समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई देखाइएको सागर गौतमको छायाँकन र दिपक विष्टको सम्पादन रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडीयोमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ ।