प्रियंका जी, अब त अत्ती भएन र भन्या ?

आफ्नो जीन्दगी स्वतन्त्रपूर्वक जीउने अधिकार सबैमा हुन्छ । के गर्ने के नगर्ने भन्ने अधिकार पनि व्यक्तिमा निहित हुन्छ ।

तर, सार्वजनिक व्यक्ति भैसकेपछि यस्ता कुरामा धेरै ख्याल गर्नु पर्ने रहेछ । सेलिब्रेटीले आफ्नो जीवनलाई साधारण व्यक्तिले जस्तो स्वतन्त्रपूर्वक जीउन गाह्रो छ । डिजिटल यूगमा त साधारण मानिसले पनि खुल्लम खुल्ला मनलाग्दी गर्न पाउँदैन ।

नेपालमा अहिले अभिनेत्री प्रियंका कार्कीलाई नम्बर १ स्थानमा राखिन्छ । उनको गतिविधिलाई फलो गर्ने फ्यान पनि राम्रै छन् । तर, प्रियंकाले व्यक्तिगत र सेलिब्रेटी जीवन वुझ्न सकेकी छैनन् । अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा परेर उनीसँग इन्गेजमेन्ट गरेपछि त प्रियंकाले सेलिब्रेटी हुँ भन्ने नै बिर्सन थालेको भान हुन्छ ।

इन्स्टाग्राममा प्रियंका र आयुष्मानका तस्बिर अब उनका फ्यानका लागि कौतुहलताको बिषय बन्नै छोडेको छ । विकिनी लगाएका,  विकिनी लगाएर बोकेका तस्बिर त सामान्य भैसके । प्रियंका बिहेको मण्डपमा बसेर बेहुली बनेको तस्बिर पनि संचारमाध्यम र दर्शकलाई विशेष नहुने अवस्था उनले शिर्जित गरिसकेकी छिन् ।

इन्स्टाग्राममा प्रियंकाले स्विमिङ पहिरन, आयुष्मानले टपलेस बनेर नजिकिएको फोटो बाहिरिएको छ । प्रियंका आफैले राखेको यो फोटो हेर्दा अब त अत्ती भएन र प्रियंका जी भन्नुपर्ने बेला आइसक्यो ।

किनकी, सेलिव्रेटीले यस्ता कुरामा ख्याल नगरे कसले गर्छ ? कुनै पनि कुरालाई अती सस्तो बनाउनु पनि राम्रो हुँदैन । प्रेम गर्न पाइन्छ । तर, त्यसलाई यति सस्तो बनाएर हरेक गतिविधी सार्वजनिक गर्नुको औचित्य के छ ?

प्रियंका जी अब त अत्ती भएन र भन्या ? अवार्डमा चुम्बन गर्दा त दर्शकले पचाएका नै थिए । तर, सबै कुरा पचाउँछन् भन्ने पनि छैन होला नी ।