‘कपुरी क’ लाई पिजी प्रमाणपत्र

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘कपुरी क’ सेन्सर पास भएको छ । फिल्मले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

फिल्ममा प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह ‘राजा’,  सद्दाम हुसेन,  सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल,  सोनिका बास्तोला,  राजेश बिसुराल, सबिन बास्तोला लगायतको अभिनय रहेको छ । पुर्ण मनोरन्जनात्मक कथामा बनेको फिल्म निर्देशन सबिन बास्तोलाले गरेका हुन् । फिल्ममा खेम थापा मगरको छायांकन,  एकनारायण भण्डारीको संगीत,  सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।