वर्षा र आकाशको ‘लौ गोरी’

टेकेन्द्र शाह र मेलिना राईको आवाजमा ‘लौ गोरी’ सार्वजनिक भएको छ । गीतमा आनन्द अधिकारीको शब्द रचना रहेको छ । संगीत पदम शाह र लक्ष्मी शाहको रहेको छ भने संगीत संयोजन अल्मोडा राना उप्रेतीको रहेको छ ।
बर्षा राउत र आकाश श्रेष्ठ फिचर्ड म्युजिक भिडियोको निर्देशन राजीव समरले गरेका हुन् । रामकुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन टेकेन्द्र शाहको रहेको छ ।