प्रकाश पौडेलको ‘भुँडे – आलु चिउरा खाउ’ (भिडियो)

‘नाई मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतबाट चर्चा कमाएका गायक प्रकाश पौडेलको ‘भुँडे – आलु चिउरा खाउ’ बोलको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । गोपाल दाहालको शव्दमा दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ । आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, अस्टर तामाङ, विराट अनुपम, नविन विशालले लगायत फिचर्ड छन् ।

मोटोपन र पेट लाग्दा हुने तनाव र त्यसलाई कसरी घटाउने भन्ने विषयलाई गीतमा व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको भिडियोमा रोशन श्रेष्ठको छायांकन, प्रकाश तुलाधरको सम्पादन रहेको छ भने निर्देशन गायक पौडेल स्वयमले गरेका हुन् । रुञ्चे गायकका रुपमा परिचित पौडेलका डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप, कसैलाई नभन्नु, सलाम वालेकुम, ओई नेता लगायतका गीत चर्चित छन् ।