मिस वर्ल्डको टप १२मा पुगेर बाहिरिइन् शृंखला

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्ड २०१८को टप १२मा पुगेर बाहिरिएकी छिन् । उनी मिस वर्ल्ड प्रतियोगिताको उत्कृष्ट १२ मा पुग्ने पहिलो मिस नेपाल बन्न भने सफल भएकी छिन् ।

चिनको सान्यामा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगितामा कुल ११८ प्रतिस्पर्धी सहभागी छन् । शृंखलाले यस अघि ‘मल्टिमिडिया’ र ‘ब्यूटी विथ प्रपोज’ टाइटल हात पारिसकेकी छिन् ।