मिस वर्ल्ड २०१८ मेक्सिकोकी भनिसा पोन्स

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भनिसा पोन्सले हात पार्न सफल भएकी छन् । २६ वर्षिया मोडल मिस मेक्सिकोलाई २०१७ कि उपाधी विजेता भारतीय मानुषी चिल्लरले क्राउन पहिर्याइन् ।

‘टप ५’ का लागि पाँच महादेशबाट छानिएका (केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड) लाई पछि पार्दे मिस वल्र्डको उपाधि पोन्सले आफ्नो पोल्टोमा पार्न सफल भइन् । यो पटक पाँच महादेशबाट ‘टप १२’ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै ‘टप ५’ छनोट गरिएको थियो । ‘टप ५’ बाट नै उपाधी विजेताको घोषणा गरिएको हो ।