हिरो बन्दै सुनिल शेट्टीका छोरा

भारतीय अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टी पनि पर्दामा देखिने भएका छन् । अहानले तामिल फिल्म ‘आरएक्स–१००’ फिल्मको हिन्दी रिमेकबाट फिल्मी क्षेत्रमा पाइला टेक्न लागेका हुन् ।

उक्त फिल्म साजिद नाडियालवालले निर्माण गर्ने भएका हुन् । साजिदले नै ज्याकी श्राफका छोरा टाइगरलाई सन् २०१४ मा ‘हिरोपन्थी’बाट डेब्यु गराएका थिए । फिल्मका लागि आगामी वर्षको मे महिनालाई रिलिज मिति घोषणा गरिएको छ ।सुनील शेट्टीलाई पनि कुनैबेला साजिदले नै डेब्यु गराएका थिए । सुनीलले सन् १९९३ मा एक्सन ड्रामा फिल्म ‘वक्त हमारा है’ बाट बलिउड यात्रा थालेका थिए ।