‘जे सुकै होस्’ ट्रेलर

फिल्म ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामांग, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

नवराज जंग थापा ‘जंगे’ को निर्माण रहेको फिल्मको निर्देशन उमेश गुरुङले गरेका हुन् । फिल्ममा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा, डी आर अटुको संगीत रहेको छ । उमेश गुरुङको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बनिश शाह र सालिक दुलालले गरेका हुन्  ।