हनिमुन छोडेर फिल्म प्रचारमा रणवीर

रणवीर सिंह र दीपिका पादुकोणले १४ नभोम्बरमा इटलीमा विवाह गरे र उनीहरुले भारत आएर रिसेप्शन पार्टी दिए । तर उनीहरूको हनिमुनको बारेमा भने कुनै खबर आएको छैन ।

भारतीय संचारमाध्यमका अनुसार उनीहरुको हनिमुनको समय फिल्म प्रचारले खाइदिएको छ । रणवीर अभिनित फिल्म ‘सिम्बा’ २८ डिसेम्बरमा रिलिज हुदैछ । बिवाहपछाडीको समय उनी यहि फिल्मको प्रचारमा ब्यस्त छन् । फिल्मको ट्रेलर सार्वजनिक भैसकेको कारण पनि रणवीरमाथी फिल्म प्रचारको जिम्मेवारी थपिएको हो ।

रणवीर एक टेलिभिजन शोमा फिल्म प्रचारका लागि जादै छन् । सुनील ग्रोबरको शो कानपुर वाला खुरानाज १५ डिसेम्बरमा रातको साढे ९ बजे प्रसारित हुनेछ । यस शोको पहिलो भागमा अभिनेता रणवीर सिंह तथा रोहित सेट्टी देखिने छन् । सुनीलले एक भिडियो सार्वजनिक गर्दै लेखेका छन्,‘हेर्नुस् कसरी रणवीर सिंह आफ्नो हनीमूनको समय फिल्म सिम्बालाई प्रचार गर्न जुटेका छन् ।’