‘सुश्री सम्पति’ विदेश प्रदर्शन

मङ्सिर २८ बाट प्रदर्शनमा आउने फिल्म ’सुश्री सम्पति’  जापान , दक्षिण कोरिया र युरोपमा समेत  प्रदर्शन हुने भएको छ । फिल्मलाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको जिम्मा लिएका छन् । नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न सहर तथा जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ ।

शुब्रत राज आचार्य निर्देशित फिल्ममा सलोन बस्नेत, सारा शिर्पाइली र बिनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा निर्माण भएको  फिल्ममा सलोन, सारा र बिनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा नायिका प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक शुब्रत आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।