फिल्म ‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक

फिल्म ‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक भएको छ । हर्क साउदको शब्द सुशान्त गौतमको संगीत रहेको सार्वजनिक गीतमा स्वर हेमन्त रानाको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंह लगायत फिचर्ड छन् ।

बैदेशिक रोजगारीको कथामा आधारित गायक हेमन्त रानाको गीत ‘साइँली’ संग नाम मिलाएर फिल्म निर्माण गरिएको हो । चैत्र १५ बाट प्रदर्शनमा आउने फिल्म जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की, इस्टु कार्की लगायतका कलाकारको समेत अभिनय रहेको छ । राम बाबु गुरुङको कथा तथा निर्देशन रहेको फिल्ममा विशाल गुरुङ र मोहन राना मगरले संयुक्त रुपमा निर्माण गरेका हुन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।