ओहो, करिश्माको यस्तो पो लक्ष्य ?

अभिनेत्री करिश्मा श्रेष्ठ फिल्ममा काम नभएपनि गसिपमा छिन् । उनले सार्वजनिक गर्ने नयाँ नयाँ कुराले पनि उनलाई संचारमाध्यममा ल्याएको हो ।

करिश्मा अभिनेता सलोन बस्नेतसँग ब्रेकअपछि विन्दास देखिएको अनुमान गर्न सकिन्छ । नेपाली फिल्ममा करिश्मालाई दर्शकले पत्याएनन् । तर, पनि उनलाई यसले फरक पारेको छैन । करिश्माको लक्ष्य अब के होला त ? के उनी हिट फिल्म दिने सोचमा छिन् । आफै फिल्म बनाउने सोचमा छिन् कि ? अझ, फिल्म छाडेर अरु कुनै काम गर्ने सोचमा पो छिन् कि ?

करिश्माको लक्ष्य भने अब फेरिएको छ । करिश्माले सार्वजनिक गरेको इन्स्टा स्टोरीमा उनको लक्ष्य अब पैसा कमाउनु रहेको छ । ‘माई गोल, मेक मनी’ भन्ने उनको योजना छ । यसैले उनी अब पैसा कमाउनुपर्छ भन्ने बाटोमा लागेकी छिन् ।
फिल्म खेलेर वा अरु कुनै व्यापार गरेर ? यो करिश्मालाई नै थाहा हुनुपर्ने हो । तर, करिश्मालाई अब भने पैसाको महत्व थाहा भएको हुनुपर्छ । यसैले त उनी अबको गोल पैसा कमाउनु भन्न थालेकी छिन् ।

अब, उनले पैसा कसरी कमाउँछिन् हेर्दै जाउँ ।