दु:ख वुझ्ने नम्रताका प्रेमी

अभिनेत्री नम्रता श्रेष्ठलाई अहिले बाहिर भेट्न मुश्किल छ । बलिउडका स्टार जस्तै फिल्म चल्ने बेलामा बाहेक अरु बेलामा नम्रतालाई संचारमाध्यमको आवश्यकता पनि त्यती पर्दैन । फिल्म पनि उनको अरु हिरोइनको जस्तै सधैँ आउँदैन । नम्रता आफ्नै दुनियाँमा रमाइरहेकी छिन् ।

अभिनेत्री नम्रता श्रेष्ठलाई हेर्दा उनको मनमा दुख र पिर छ जस्तो लाग्दैन । तर, बाहिर अनुहार हेरेर मात्र सबै कुरा वुझ्न गाह्रो पर्छ । नम्रताको मनमा पनि पिरले डेरा जमाएको छ । उनी क्लासिक फिल्मको छायांकन गर्दा डिप्रेशनको समेत शिकार भएकी थिइन् । नम्रता श्रेष्ठको दुख कसले बुझ्छ र बुझ्यो होला ?

नम्रतालाई साथ दिने उनको परिवार र प्रेमी रहेछन् । नम्रता दावा शेर्पासँगको प्रेममा छिन् । उनीहरु एकैसाथ धेरै कार्यक्रममा पुगेतापनि संचारमाध्यमसँग भने दुरी बनाउँछन् । आफूले दुख साट्ने र दुखमा साथ दिने प्रेमीसँग बिहे हुन्छ भनेर किटान गर्न नम्रताले सकेकी छैनन् । नम्रता बिहेका बिषयमा अहिले नै भन्न नसक्ने र यो भविष्यको कुरा भएको बताइरहेकी छिन् ।

नम्रताको त अब बिहेको उमेर पनि भयो । यति धेरै माया गर्ने र दु:ख बुझ्ने प्रेमीसँग अब फिक्स नगरे कहिले गर्ने नम्रता जी ?