शिशिर तिमल्सिनाको ‘पिपल छायाँ’ (भिडियो)

शिशिर तिमल्सिना  र श्रेया बाइवाको आवाजमा लोकदोहोरी भाकामा आधारित गीत ‘पिपल छायाँ’ सार्वजनिक भएको छ । गीतमा शिशिर तिमल्सिनाको शब्द तथा सुरेश सुन्दासको लय सिर्जना रहेको छ । गीतको एरेन्ज कृष्ण केसीले गरेका छन् । ओम प्रसाईँको छायाँङकन तथा सम्पादन रहेको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ । ‘पिपल छायाँ ’ गीतमा काजिश श्रेष्ठ र श्रृजना तामाङ फिचर्ड छन् ।