सलमान-कट्रिनाको बढ्दो निकटता

सलमान खान र कट्रिना केफ शनिबार इशा अम्बानीको प्री वेडिंग समारोहमा सहभागी हुन उदयपुर पुगेका थिए । त्यहाँबाट फर्किएपछि मुम्बईमा समेत यी दुईलाइ एक साथ देखिएको थियो ।

सलमान र कट्रिनाको फिल्म ‘भारत’ छिटै नै प्रदर्शनमा आउने छ । केहि समय अगाडी यी दुइको फिल्म सुटिंगको तस्विर र भिडियो समेत भाइरल भएको थियो । आइतबार पुनः यी दुईलाइ एक साथ देखिएको थियो । इशाको संगीतमा भाग लिए लगत्तै सलमान र कट्रिना एक साथ मुम्बई फर्किएका थिए । यी सबै कुरा बिचार गर्दा यी दुइको निकटता बढ्दै गएको अनुमान गर्न सकिन्छ । शनिवार उदयपुरमा भएको कार्यक्रममा शाहरुख खान, गौरी खान, ऐश्वर्य राय लगायत सामिल थिए ।