उदयपुरमा रणवीर – दीपिका

इशा अम्बानीको संगीतमा सहभागी हुन नवविवाहित जोडी रणवीर सिंह र दीपिका पादुकोण उदयपुर पुगेका छन् । भारतका टप उद्योगपति मुकेश अम्बानीको परिवार हाल उदयपुरमा छोरीको विवाहमा झुमिरहेको छ ।

शनिवार भएको भब्य संगीत सेरेमोनीमा भाग लिन ठुलो संख्यामा बलिउड हस्ती उदयपुर पुगेका थिए । यहि समारोहमा सहभागी हुन रणवीर र दीपिका समेत उदयपुर पुगेका छन् । यी नवविवाहित जोडीलाइ एयरपोर्टमा देखिएको थियो । आइतबार संगीत अन्तर्गत इन्टरनेसनल सिंगर बेयोन्सेले लाइभ पर्फर्म गरेका छन् ।