क्लियर ऐनामा डराउने केकी

- मेराेफिल्म

मानिसहरु घरमा क्लियर ऐना राख्न रुचाउँछन् । ताकी अनुहार स्पष्ट देखियोस् । धमिलो ऐना भयो भने पुछेर क्लियर बनाउँछन् । आखिर, ऐनाले त हो मानिसको प्रतिबिम्ब देखाउने ।

तर, नेपाली फिल्मकी सफल अभिनेत्री केकी अधिकारीलाई सफा ऐनादेखि डर लाग्न थालेको छ । यसैले त उनी धमिलो ऐना घरमा राख्न थालेको कुरा गर्दैछिन् ।

केकीलाई अहिले आफ्नो सफा अनुहार हेर्न नै मन छैन । उनी धमिलिएको अनुहारमा रमाउन थालेकी छिन् । कुनै पुस्तकको हरफ नै सही केकी अधिकारी अहिले धमिलिएको ऐना र अनुहारको कुरामा किन रमाउन थालेकी होलिन् ?

केकीका अनुसार सफा ऐनाले उनको अनुहारको दाग स्पष्ट देखाउँछ रे । यही भएर वेदाग देखिन उनले धमिलो ऐना किन्न थालेकी हुन् रे ।

केकी अधिकारीको यो हरफबाट के वुझ्ने ? आखिर, उनलाई धमिलो ऐनामा हेरेर आफू वेदाग रहेको भान पार्न किन मन लागेको होला ?

केकी अधिकारी सामाजिक संजालमा यस्तै नयाँ नयाँ कुरा गर्न रुचाउँछिन् । यसपटक उनको कुरा ऐनामा केन्द्रित छ । तर, के केकी अधिकारीले सामाजिक संजालमा उल्लेख गरेजस्तै धमिलो ऐना नै किन्ने सोच बनाएकी हुन् त ?

२०७५ मंसिर २४ गते १४:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *