कथा ७२को ‘तिलाताजी’ सार्वजनिक

मङ्सिर २८ गते प्रदर्शनमा आउने फिल्म ‘कथा ७२’ मा समाबेश गीत ‘तिलाताजी’ सार्बजनिक भएको छ । आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ । गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ ।

वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म ‘कथा ७२’ लाई प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेका हुन् । लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस फिल्मलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।