लाइसेन्स ठेक्का (भिडियो)

अविनाश घिसिंग र मुना पाख्रिनको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत अविनाश र मुनाको रहेको छ भने संगीत संयोजन सैलेन्द्र एम प्रधान ‘बाबु’ ले गरेका छन् ।

भरत सिटौला निर्देशित म्युजिक भिडियोमा गायक अविनाश र मन्शी लामा फिचर्ड छन् । अनिता ग्यावाचाको शृंगार रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । अविनाश मानन्धरले ड्रोन चलाएका छन् भने छायांकन अनिल के मानन्धर तथा ए. सिनेमेट्रोग्राफर अविनाश मानन्धर र मिलन कटवाल रहेका छन् । भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।