सलोनलाई फिल्म बोक्ने कि फिल्म गर्ने भन्ने मै तनाव

अभिनेता सलोन बस्नेतको काँधमा रहेको फिल्म सुश्री सम्पत्ती शुक्रबारदेखि रिलिज हुन लागेको छ । फिल्मको हल्लाखल्ली यतिले मात्र भएर पुग्दैन ।

किनकी, अहिले ठूलै माइलेज पाएका फिल्मले पनि व्यापार गरेका छैनन् । तर, सलोन बस्नेत भने दोधारमा छन् । उनलाई अहिले फिल्म बोक्ने कि फिल्म खेल्ने भन्ने तनावले ठेलेको छ ।

सुश्री सम्पत्ती उनले नै बोक्नुपर्ने फिल्म हो । यो फिल्ममा चिनिएका कलाकार नै सलोन छन् । सारा र विनोद ठूलो मासमा पुगिसकेका छैनन् । तर, अहिले उनी फिल्मको पब्लिसिटीबाट टाढा रहेर फिल्ममा काम गरिरहेका छन् । झरना थापाले निर्देशन गरिरहेको ए मेरो हजुर ३ मा उनले अभिनय गरिरहेका छन् । यसका लागि सलोन पोखरा छन् ।

सुश्री सम्पत्ती चलिदिए सिंगल हिरोको रुपमा उनले पनि तारिफ पाउने थिएन । होइन भने अनमोल केसी, सलिनमान बनियाँको दोश्रो हिरो भएर उनी कहिलेसम्म हिट हुने । फिल्मको पब्लिसिटीमा हिडौ भने छायांकनको तनाव, नहिडु भने दर्शक आएनन् भने आफैलाई तनाव । यही दोधारको विचमा उनी काम गरिरहेका छन् । फिल्मको सेड्यूल मिलाउन नेपालका कलाकार नसक्दा यस्तो समस्या आइपर्छ । काठमाण्डौमा फिल्मको हिरोइन सारा र निर्देशक सुव्रतराज आचार्य दौडधुपमा छन् । सलोनलाई भने तनाव छ हजुर तनाव ।