प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’

प्रताप दास र सुम्निमा लो लामाको आवाज रहेको गीत ‘घामले जुनलाई’सार्वजनिक भएको छ । गीतमा शब्द संगीत तथा संगीत संयोजन राजेश कुमार श्रेष्ठको रहेको छ । सन्दीप भुजेल निर्देशित भिडियोमा प्रदिप किशन र शान्ति फिचर्ड छन् । उमेश शाहीको छायांकन रहेको भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् ।