‘मारुनी’ मा साम्राज्ञी, रेविका र पुष्पलको रोमान्स

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको नाम जुरेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्का मुख्य भूमिकामा रहने फिल्मको नाम ‘मारुनी’ राखिएको छ । फिल्म निर्माता पुनम क्षेत्री गौतमले आफ्नो नयाँ फिल्ममा रेविका गुरुङ समेत रहेको जानकारी दिइन् ।

गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।