कपिल शर्माको विवाह युटुवमा लाइभ

भारतीय कमेडीयन कपिल शर्माको १२ डिसेम्बरमा गिन्नीसंग बिवाह हुदैछ । मेहेन्दी सेरेमोनी भने सुरु भैसकेकोछ र उक्त कार्यक्रमको तस्विर बाहिरिन थालेको छ । बाहिरीएको तस्विरमा गिन्नी र कपिलको इनिसियल जीके देखिएको छ । यस्तै प्रकारको इनिसियल प्रियंका र निकको बिवाहमा पनि देखिएको थियो ।

विवाह लगत्तै १४ तारिक यी दुईले रिसेप्सन पार्टी दिने छन् । बिवाहमा कृष्णा अभिशेक, सुमोना चक्रवर्ती र उनका शोका बाकी कलाकारको उपस्थिति रहने अपेक्षा गरिएको छ । भारतीय संचार माध्यमका अनुसार कपिलको बिवाहको सम्पूर्ण कार्यक्रम उनको युटुब च्यानलमार्फत लाइभ देखाइने छ ।