छुल्ठिमको करियर न यता न उता

अभिनेत्री छुल्ठिम गुरुङले पहिलो फिल्मबाट पाएको सफलता जोगाउन सकिनन् । नोभेम्बर रेनबाट उनले जुन सफलता पाएकी थिइन्, त्यो उनले नजोगाएकै हो । किनकी, पहिलो फिल्मबाट जुन सफलता पाइन्छ त्यो लामो समयसम्म टिकाउन मुश्किल नै हुन्छ ।

उनी आफैले बनाएको फिल्म डायरी पनि चलेन । अभिनेत्री रेखा थापालाई भिलेन बनाएर छुल्ठिम हिरोइन बनेपनि चलिनन् । उनलाई झट्का लागेकै हो । यसपछि छुल्ठिमले अहिले न यता न उता फिल्म गरेकी छिन् । लण्डनमा यो फिल्म खिचिएको हो ।

फिल्मको पब्लिसिटीमा छुल्ठिम गम्भिर देखिएकी छिन् । सामाजिक संजालतिर पनि उनी यो फिल्मलाई लिएर गम्भिर देखिएकी छिन् । छुल्ठिमको यो गम्भिरताले उनी आफ्नो करियर अब न यता न उता नहोस् भन्ने सोचमा रहेको प्रष्ट छ ।
छुल्ठिम कस्तो भूमिका खेल्ने र दर्शकसँग कसरी जाने भन्ने कुरामा नै दोधारमा छिन् ।

न यता न उता नाम जस्तै उनको करियर नहोस्, हामीले भन्ने त यत्ती नै हो ।