फिल्म आरोपको गीत ‘एक्सिडेन्ट भयो’

दिलासा क्रिएसनको ब्यानरमा अमर ओलिको निर्देशनमा बनेको नेपाली फिल्म आरोपको “एक्सिडेन्ट भयो ” गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र नित्या शिवाको आवाज रहेको छ ।

फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् । बिजय पाठक र दिनेस राउतको निर्माण रहेको फिल्ममा बिरेन्द्र भट्टको छायांकन रहेको छ । कमल राई को नृत्य ,सानू कुमार महर्जनको द्वन्द निर्देशन फिल्ममा रहेको छ । फिल्ममा एस के अधिकारी र गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेलको आवाज छ । फिल्ममा साहिल खानको सम्पादनमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्दव गीरी र  प्रेम खड्काको अभिनय रहेको छ । फिल्म आरोप माघ ११ गतेबाट अल नेपाल रिलिज हुनेछ ।