‘एपिक म्युजिक अवार्ड’ नोमिनेसन प्रमाणपत्र वितरण

एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापा को समेत सहभागीता रहेको थियो । उदधाटन कार्यक्रम एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उद्घोषण एपि वानका समाचार बाचक निराजन भण्डारीले गरेका थिए ।

कार्यक्रमलाई रौनकता दिनको लागी नेपालमा पहिलो पटक नोमिनेसन कार्यक्रममा रेड कार्पेट विछाइएको थियो । साथमा विभिन्न पुष्प गुच्चाले मन्चलाई सिगाँरिएको थियो ।  कार्यक्रममा बरिष्ठ नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ , बरिष्ट निर्देशक मोहन निरौला , बरिष्ट पत्रकार विजय रत्न तुलाधर , फिल्म निर्माता विधान शाह , महिला उध्यमी उमा श्रेष्ठ , चलचित्र पत्रकार संघ नेपालकी अध्यक्ष गीता अधिकारी , पत्रकार सुमन बैरागी , पत्रकार किरण अधिकारी , महिला भिडियो निर्देशक बविता श्रेष्ठ लगायतमा अतिथी रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय  सञ्चारकर्मीहरु टिभी टुडेका रमेश बस्नेत , एविसी टेलिभिजनका पत्रकार विनोद विश्वकर्मा , साप्ताहिकका कृष्ण भटटराई , नेपाल समाचार पत्रका विदुर गिरी ,शुशिल पौडेल कान्तिपुर दैनिक , बरिष्ट पत्रकार विजय रत्न तुलाधर, अनन्त बाग्ले अन्नपुर्ण दैनिक ,  ,नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाई लाई सम्मान गरिने पनि घोषणा गरिएको थियो  ।अवार्ड आगामी माघ ५  गते काठमाडौंको विशेष समारोहमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

एपिक नेपाल म्युजिक प्रा।लि।को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय गीत ,दशैँ गीत  आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।कार्यक्रमलाई सफल बनाउनको लागी एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठ , कार्र्यक्रम निर्देशक राजेन्द्र पुरी , सदस्य ओम श्रेष्ठ , कार्यालय प्रमुख चिरन्जीवी ढकाल , सदस्य सरोज गिरी , सचिव गोकर्ण लामीछाने , मिडिया कोर्डिनेटर रोशन पोखरेल , सदस्य पुस्कर अर्याल लगायतको उल्लेखनीय भुमिका रहेको थियो ।  प्रमाण पत्र वितहरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।