‘डोली’ लाई सेन्सर बोर्डको ‘पीजि’

सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘डोली’ लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । निर्माता किरण नेपालीले आफ्नो फिल्मलाई पिजी सर्टिफिकेट दिइएको जनाएका छन् । पिजी सर्टिफिकेटसँगै यो फिल्म हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा जानु पर्नेछ ।

किरण नेपालीको निर्माण रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । जयराम थापाको छायांकन रहेको फिल्म तारा थापा किम्भेले सम्पादन गरेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने दावी निर्देशक सानेले गरेका छन् । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको डोली मंसिर २८ गते देखी प्रदर्शन हुँदैछ ।