कलियुगकी ‘उर्वशी’ बर्षा ‘चौका दाउ’ ट्रेलर

फिल्म ‘चौका दाउ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फरक फरक पृष्ठभूमि भएका ४ पात्र उर्वसीको पछि परेका छन् । उर्वसी गर्भवती भएपछि उक्त समस्याबाट उम्किन गरेको प्रयासलाई फिल्ममा देखाउने ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । यस अघि फिल्मको गीत र पोस्टर सार्वजनिक गरिएको थियो ।

सौर्य प्रोडक्सनको प्रस्तुति फिल्म चौका दाउमा अजस्र ढुंगाना, वर्षा राउत, विल्सन बिक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ । पूर्णेन्दु झालेले निर्देशन गरेको फिल्ममा शम्भुजीत बासकोटाको कथा र संगीत रहेको छ । दीर्घ गुरुङले छायाँकन गरेको  फिल्मलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् ।