बर्षाको चौका दाउँसग किन दुरी ?

अभिनेत्री बर्षा राउतले बर्षमा ६ वटा भन्दा बढी फिल्म गर्छिन् । बर्षाको फिल्म रोजाइ पनि राम्रो मान्नपर्छ । तर, बर्षालाई सबै फिल्म रिलिजको बेलामा त्यो मोह लाग्छ भन्ने पनि रहेनछ ।

अहिले अभिनेत्री राउतको नयाँ फिल्म चौका दाउको प्रचार सुरु भएको छ । यो फिल्ममा उनी मात्र एउटी अभिनेत्री हुन् । उनका पछि ४ पुरुष दौडिएका छन् ।

तर, यो फिल्मसँग बर्षाको दुरी देखिएको छ । फिल्मको गीत रिलिजमा पनि उनी गएकी थिइनन् । फिल्मको ट्रेलर रिलिज हुँदा पनि बर्षा देखिइनन् ।

फिल्मको एक मात्र हिरोइनलाई नै यसको कार्यक्रममा किन रुची नगएको हो भन्ने प्रश्न पत्रकारले उठाएका छन् । के बर्षाले आफूले नै अभिनय गरेको फिल्मसँग दुरी बनाउन खोजेकी हुन् ?

अभिनेत्री राउत जात्रै जात्रा फिल्ममा काम गरिरहेकी छन् । उनले दाल भात तरकारीमा पनि काम गरिरहेकी छिन् । गोपी उनको रिलिज हुने तयारीमा छ ।

फिल्म नै फिल्म उनको हातमा छ । तर, उनले रिलिज हुन एक महिना बाँकी रहेको चौका दाउसँग किन दुरी बनाएकी होलिन् ? फिल्मका निर्माता र मुख्य अभिनेत्रीविच नै यो दुरी भएपछि फिल्मलाई फाइदा होला र ? बर्षाको असन्तुष्टी यसको निर्मातासँग के होला ?