साम्राज्ञीको प्रेम लुकेको कि देखिएको ?

आफूले काम गर्न लागेको फिल्मको महंगो घोषणा कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमी देवांश जंगबहादुर राणालाई उपस्थित गराएर चर्चा आफैतिर बटुल्ने कोशिश गरिन् । यस्तो कार्यक्रममा समाचार मोडिदा निर्माताको मेहेनत खेर जान्छ भन्ने साम्राज्ञीले नवुझेको देखियो ।

तर, कार्यक्रममा प्रेमीलाई लिएर पुगेकी साम्राज्ञीले उनीसँग फोटो खिचाउँदा पहाड नै खस्छ जस्तो गरिन् । साम्राज्ञी र देवांशलाई क्यामेरामा पर्न यति गाह्रो भयो कि, जति गाह्रो जाडोमा चिसो पानीले नुहाउन नै हुन्छ ।

साम्राज्ञी र देवांश क्यामेरामा पर्न नै चाहेनन् । देवांश एक्लै फोटोमा रमाए । साम्राज्ञी पनि एक्लै फोटोमा रमाएकी थिइन् । दुबैजना फोटोमा छुट्टा छुट्टै रमाए ।

प्रेम गरेर कार्यक्रममा पनि सँगसँगै पुगेपछि यति साह्रो डराउन किन पर्ने थियो र ? साम्राज्ञी प्रेम लुकाउन खोज्दिनन्, तर देखाउन पनि खोज्दिनन् । दर्शकले यसरी बारम्बार संचारमाध्यममा प्रेमको खबरमा चल्दा रुचाउँदैनन् । हो भने हो,  होइन भने होइन भन्न साम्राज्ञीलाई यति गाह्रो किन परेको ?

कि सँगै कार्यक्रममा नजानु, गएपछि किन लुकी लुकी हिड्नु ?