‘मारुनी’ औपचारिक घोषणा (फोटो सहित)

एक कार्यक्रमका बीच पुनम इन्टरटेनमेन्टलको ब्यानरमा निर्माण हुने फिल्म ‘मारुनी’ को औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा र्याम्प शो गर्दै कलाकारलाई रेड कार्पेटमा उतारिएको थियो । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्का मुख्य भूमिकामा रहने फिल्मको निर्माता पुनम क्षेत्री गौतम हुन् ।

नवल नेपाल र गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवलले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल, सौर्य अधिकारीको अभिनय रहनेछ ।