‘राज्जा रानी’ निर्माता पौडेललाई पितृ शोक

नेपाली फिल्मका निर्माता रमेश एम के पौडललाई पितृशोक परेको छ । पौडेलका पिता अकल बहादुर पौडेलको बिहान ८४ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहि दिनदेखी हेटौडाको एक अस्पतालमा उपचार गराइरहेका थिए । पौडेलका पिता रक्तचापको समस्याबाट पीडित थिए । ‘राज्जा रानी’  निर्माता पौडेल यतिबेला अमेरिकामा रहेका छन् । पारिवारिक श्रोतका अनुसार उनी नेपाल आउने तयारीमा छन् ।