‘कथा ७२’को कभर भिडियो प्रतियोगिता

फिल्म ‘कथा ७२’ निर्माण टिमले प्रचारलाई तिब्र पार्दै गीत ‘तिला ताजी’ को कभर भिडियो प्रतियोगीता गर्ने भएको छ  । उक्त गीतको पर्सव संगीत राखी जो कोहिले आफ्नो कन्सेप्टमा भिडियो बनाउन सक्नेछन् । तयार पारिएको भिडियोमा यात्रा वा कुनै ठाउँको कथा बोकेको हुनुपर्नेछ । गीतको कभर भिडियोको पुर्ण स्वामित्व चलचित्र निर्माण कम्पनी लोकल सिनेमासँगै रहनेछ । कभर भिडियो [email protected] मा ६ जनवरी २०१९ सम्म पठाइसक्नु पर्नेछ । बिजेताले पुरस्कार स्वरुप रु. ३० हजार नगद र आउने फिल्ममा काम गर्ने मौका पाउनेछन् ।

मङ्सिर २८ गते प्रदर्शनमा आउने फिल्म ‘कथा ७२’ मा आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको छ । वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म ‘कथा ७२’ लाई प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेका हुन् । लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस फिल्मलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।