लामा र प्रधानलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

अमेरिकामा आयोजना हुने ‘थर्ड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा गीतकार बुद्धवीर लामालाई  ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने भएको छ । कार्यक्रम ‘लभ एण्ड सपोर्ट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ मा आयोजना गर्न लागेको हो ।

कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने निर्देशक बन्नी प्रधानलाई प्रदान गरिने भएको छ । कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् ।