फिल्म गोलको गीत ‘तिम्रो आँखामा’

मङ्सिर २८ बाट हलमा आउने फिल्म गोलको गीत ‘तिम्रो आँखामा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा किशोर खतिवडा र सबिना कार्की फिचर्ड छन् । गीतमा इशक राई र दीपा लामाको स्वर रहेको छ । गीतमा भिम बस्नेतको संगीत र शब्द रहेको छ ।

अविरल भट्टराईको निर्माण रहेको फिल्ममा भिम लामाको निर्देशन तथा कथा रहेको छ । फिल्ममा किशोर खतिवडा, सबिना कार्की, सुरबीर पण्डित, दमन रुपाखेती, आई पी भट्टराई, प्रकाश सुब्बा, प्रकाश कोइराला, राज कुमार डी सी, स्मारिका खनाल दिवश पोखरेललगायातका कलाकारको अभिनय रहेको छ । प्रकाश सुब्बाको छायांकन, राजु शाहको कोरियोग्राफी,सुबाश देवकोटाको सम्पादन तथा श्री कृष्ण श्रेष्ठको भिएफएक्स फिल्ममा रहेको छ।